आज कांग्रेसका बैठकै बैठक, को बन्ला दलको नेता ? « Khabarhub

आज कांग्रेसका बैठकै बैठक, को बन्ला दलको नेता ?


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी भइरहेको बुझिएको छ ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरुले सपथ लिएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन ।

प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारको रुमा रहेका छन् ।

कांग्रेस नेताहरुका अनुसार पूर्वसहमहामन्त्री आङ्देम्बेको नाममा सहमति जुट्ने बलियो सम्भावना रहेको छ । उनलाई उपसभापति विश्वप्रकाश शर्मासहित देउवा–कोइराला समूहको पनि साथ रहेको बुझिएको छ ।

गत शुक्रबार दलको नेता चयनका लागि मतदानको समय निर्धारण गरिएको भए पनि सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । त्यसै दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समन्वय समिति बनाएको थियो ।

उपसभापति शर्माले आज उक्त प्रतिवेदन सभापति गगनकुमार थापालई बुझाउँदै छन् ।

यस्तै, कांग्रेस कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ संसदीय दलको बैठक पनि बोलाइएको छ । दलको बैठकबाट दलको नेता चुन्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।

यस्तै आजै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : १६ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको