शोभा र पत्नी अम्बिकाबीच कुटाकुटपछि महेश भन्छन् : माइती घरलाई चरित्र हत्या गर्ने ठाउँ बनाइयो « Khabarhub

शोभा र पत्नी अम्बिकाबीच कुटाकुटपछि महेश भन्छन् : माइती घरलाई चरित्र हत्या गर्ने ठाउँ बनाइयो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच सोमबार माइतीघर मण्डलामा कुटाकुट भएको छ। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

भाइरल भिडियोमा अम्बिका बस्नेत दलबलसहित पुगेर धर्नामा बसेकी शोभा पाठकमाथि हातपात गरेको देखिन्छ। बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी पाठक केही दिनदेखि माइतीघर मण्डलमा अनशन बसेकी थिइन्।

यसअघि तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि पाठकले अनशन तोडेकी थिइन्। हाल उनी गुरुङको पुनर्वहालीको माग गर्दै आएकी छन्।

झडपपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर पुर्‍याएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यही घटनापछि एमाले सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन्। उनले माइतीघर क्षेत्रमा भएको भिडभाडका क्रममा केही व्यक्तिहरूले आफ्नी पत्नीसहित महिलामाथि गालीगलौज र हातपात गरेको दाबी गरेका छन्।

उल्टै आफ्नी पत्नीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

बस्नेतले केही सञ्चारमाध्यमले घटनालाई गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरेको आरोप लगाएका छन्। यसका साथै माइतीघर मण्डललाई व्यक्तिविशेषको चरित्रहत्या गर्ने थलो बनाइएको भन्दै आपत्ति जनाएका छन्।

उनले यस्तो संवेदनशील विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ५० बजे

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री