शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति « Khabarhub

शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुदका क्षेत्रमा आपसी सहयोगलाई थप सुदृढ बनाउने सहमति भएको छ।

नेपालका लागि चिनियाँ राजदूतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलसँग भेटवार्ता गर्दै द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल गरेका छन्। भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ गहिरो बनाउने विषयमा फलदायी विचार आदानप्रदान भएको छ।

“नेपालका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलसँग भेट्न पाउँदा खुसी लागेको छ,” राजदूतले सामाजिक सञ्जालमार्फत भनेका छन्, “नेपाल–चीन मैत्रीपूर्ण सहयोगलाई थप प्रगाढ बनाउने विषयमा हामीबीच न्यानो र फलदायी छलफल भयो।”

भेटका क्रममा चीनले शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुदका क्षेत्रमा नेपालसँगको सहकार्यलाई अझ बलियो बनाउन तयार रहेको प्रतिबद्धता जनाएको छ। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन संयुक्तरूपमा अघि बढ्ने विषयमा समेत सहमति भएको छ।

मन्त्री पोखरेलले पनि नेपालको शैक्षिक र प्राविधिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसलाई थप विस्तार गर्ने बताए।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : ०५ बजे

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०