अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू) « Khabarhub

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन उच्च अदालत पाटनले रोकेपछि कलाकारहरू सडकमा उत्रिएका छन् ।

अदालतले अल्पकालीन आदेश दिँदै रोक लगाएपछि कलाकारहरू सडकमा उत्रिएका हुन् । बादी समुदायको कथामा बनेको फिल्म ‘लालीबजार’को मंगलबार राखिएको प्रिमियर रद्द भएसँगै विरोधको स्वर बढेको हो ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मले बादी समुदायको कथा उठान गरेको थियो । ‘नथिया कुप्रथा’को विषय यस फिल्ममा उजागर गर्न खोजिएको निर्माण पक्षले बताएको छ ।

यो फिल्मले उक्त समुदायको चरित्रबारे प्रश्न उठाउने भन्दै रोशनी नेपालीले रिट दर्ता गरेकी थिइन् । अदालतले छलफलका लागि दुवै पक्षले वैशाख २२ गते बोलाएको छ ।

अदालतको आदेशको पालना गर्दै निर्माण पक्षले अन्तिम समयमा आएर प्रिमियर रद्द गरेको थियो । षट्कोण आर्टस्को ब्यानरमा यो फिल्म बनेको यस फिल्मका लेखक र निर्देशक यम थापा हुन् ।

उक्त चलचित्रलाई अदालतले प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मीहरू विरोधस्वरूप माइतीघर मण्डलमा उत्रिएका छन्। उनीहरूले सबैभन्दा पहिले १५ मिनेट मौन रहेर विरोध गरे । त्यसपछि प्ले कार्डसहित सडकमा आवाज उठाए। उनीहरूले अदालतबाट अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको जनाएका छन् ।

यसरी विरोध गर्न पुग्नेमा स्वस्तिमा खड्का, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्रीसहित चलचित्र पत्रकारहरू पनि छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : १० बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको