मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ « Khabarhub

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरु माथिको आक्रमण बढिरहेको बताएको छ । अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्यूएचओले जनाइएको छ ।

डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदे खि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालहरूमा क्षति पुगेको जनाएको छ । जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवाश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भईरहदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपतकालीन स्वास्थ्यसेवाका निर्देशक अल्ताफ मुसानीले बताएका छन् ।

स्वास्थ्य सुविधाहरूमा भएका आक्रमणहरूले गाजामा चिकित्सा सेवाहरूको प्रावधानलाई पनि गम्भीर रूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको डब्ल्यूएचओले जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणहरूको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गरेका छन् ।

उनले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पार्दै स्वास्थ्य सुविधाहरूमा १४९ वटा आक्रमणहरू भएको रेकर्ड गरिएको जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  २ : ४९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई