अनि दयाहाङलाई गालीको ओइरो… « Khabarhub

अनि दयाहाङलाई गालीको ओइरो…


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो ।

बालेन्द्र शाह नेतृत्वको सरकारले सकुमबासी बस्ती जबरजस्ती हटाएको विषयमा धेरै कलाकारले आफ्नो विचार सार्वजनिक गरेका छैनन् ।

आफ्ना दर्शकको बस्ती हट्ने विषयमा उनीहरूको माैनतालाई सामान्य मान्न मिल्दैन । कलाकारको उच्च समर्थन पाएको यही सरकारले नै बस्ती हटाएको हो ।

सरकारकले बस्ती हटाएपछि सामाजिक सञ्जालमा दुई विचार सर्वाजनिक भएका छन् । पहिलो- मानवता नभएको सरकार र दोस्रो- नजितामुखी सरकार ।

बस्ती हटाएपछि त्यहाँका कारुणिक दृश्यले पहिलो विचार राख्नेको चित्त दुखाएको छ । यसलाई उनीहरूले सामान्य मानेका छैनन् । गरिबमाथि सरकारले देखाएको अमानवीय व्यवहार उनीहरूका लागि स्वीकार्य छैन । उनीहरूको बुझाइमा यो ‘अपराध’ हो ।

दोस्रो पक्षले कानुनको पलाना गर्दा यस्ता विषय सामान्य रुपमा सिर्जना हुने धारणा राख्छन् ।

यही परिदृश्यमा नायक दयाहाङ राईले सामाजिक सञ्जालमा लेखे, ‘यहाँ सम्पत्ति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदो रहेनछ ।’

सतहीरुपमा हेर्दा दयाहाङको यो अभिव्यक्ति सरकार लक्षित देखिन्छ । सम्पत्ति लुकाउन सकिने रहेछ भन्ने लाइनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै बढी कटाक्ष हुने देखिन्छ । त्यस पार्टीका मन्त्री र सांसदको सम्पत्ति अस्वभाविक बढी देखिएको छ ।

गरिबी लुकाउन नसकिने रहेछ भन्ने लाइनले सुकुमबासी बस्ती हटाउँदा विकसित दृश्यलाई लक्षित गर्छ । बासस्थान भत्काइएपछि त्यहाँ परिवारको बिचल्ली र कारुणिक दृश्यले सामाजिक सञ्जाल तातेको छ ।

कलाकारका रुपमा दयाहाङले सरकारलाई सचेत गराउन कटाक्ष गरे । तर, सरकारको नेतृत्व गरिरहेको दलका समर्थकबाट उनले गाली भेटेका छन् ।

उनले स्ट्याट्स लेख्ने बित्तिकै एक व्यक्तिले कमेन्ट छोडेका थिए, ‘अब क्षेत्रमा स्वागत छ ।’ अर्थात्, गाली खानेमा ठाउँमा स्वागत छ । नभन्दै त्यस्तै भयो । भद्र शैलीमा विचार राख्दा कमेन्ट बक्समा अपमानका शब्दले भरियो ।

दयाहाङलाई ‘श्रम संस्कृतिक पार्टी’को समर्थक रहेको आरोप लगाउँदै गाली गरेका छन् ।

केहीले उनलाई अश्लील शब्द प्रयोग गरेर फिल्म बहिस्कार गर्ने धम्की दिएका छन् ।

जातीय हिसाबले हर्क साम्पाङको समर्थनमा लेखेको सम्मको गम्भीर अरोप उनीमाथि छ । श्रम संस्कृति पार्टीका हर्क सुकमबासीको बिचल्लीविरुद्ध बोल्दै आएका छन् ।

हर्कको विचारसँग मिल्ले स्ट्याट्सले उनलाई जातीवादीको गम्भीर आरोप पनि लागेको छ ।

दयाहाङले सुकुमबासी बस्ती हटाउनु सही वा गलत किटान गरेका छैनन् । मानवताको कुरा गर्दा जातिवादको आरोपसम्म खेप्नु कत्तिको न्यायपूर्ण हो ?

सामाजिक सञ्जालमा जसले जे मन लाग्छ त्यही गर्ने प्रवृति विकास भएको परिपेक्षमा मानवताको पक्षमा बोलेका दयाहाङ पनि गालीको शिकार हुनुपर्‍यो ।

दयाहाङले आइतबार बिहान साढे १० बजे राखेको उक्त स्ट्याटसमा धेरै प्रतिक्रिया आएका छन् । बहुसंख्य कमेन्टमा अश्लीलता र अभद्रता झल्कन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ३१ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे