जेठदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गरिने « Khabarhub

जेठदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गरिने


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किमी) सुरुङमार्ग जेठदेखि सञ्चलनमा आउने भएको छ । सरकार र सुरुङमार्ग सञ्चालनका लागि छनोट भएको कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सुरुङमार्ग सञ्चालनका लागि सरकारले जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन नामक चिनियाँ कम्पनी छनोट गरेको थियो । उक्त कम्पनीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेका कारण गत बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।

‘हामीले आर्थिक मूल्याङ्कनमा उत्कृष्ट मानिएको कम्पनीलाई हस्ताक्षरका लागि आह्वान गरेर सूचना निकालेका थियौँ । सो अनुसार २९ अप्रिलमा सम्झौता भएको हो,’ नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले भने ।

सेवा प्रदायक कम्पनीले तीन महिनाभित्र जनशक्तिलाई तालिम दिएर सुरुङ सञ्चालनमा ल्याउनुपर्नेछ । सुरुङमार्गको निर्माण ९८ प्रतिशत काम पूरा भइसकेको छ ।

‘हस्ताक्षरपछि अहिले हामी सञ्चालनको तीव्र तयारीमा छौँ । पहिलो चरणमा हामीले यहाँ खटाइने मेनपावरलाई आपतकालिन उद्धार लगायतका ट्रेनिङ दिन्छौँ,’ उनले भने, ‘यो सबै तयारी गर्दा जेठ महिना लाग्छ । अनि सुरुङ सुचारु हुन्छ ।’

कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा काम गर्ने नेपालको भनाइ छ । oस अनुसार वार्षिक करिब २२ करोड रुपैयाँ सरकारले ठेक्काबापत कम्पनीलाई दिनुपर्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ५ : ०४ बजे

सुकुम्वासी बस्ती धमाधम हटाइरहँदा किन बोल्दैनन् रास्वपा सांसद ?

काठमाडौं- सरकारले वैशाख १२ गतेदेखि थालेको अव्यवस्थित बसोबासीलाई हटाउने अभियान

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

फु्ङ्लिङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई