सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि « Khabarhub

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १४–८ अङ्कको अन्तरले पराजित गर्दै बागमती च्याम्पियन बनेको हो ।

प्रतियोगितामा सात प्रदेश र विश्वविद्यालय गरी कुल ८ टोलीको सहभागिता रहेको आयोजक कमिटीका संयोजक एवं नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिए ।

च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै बागमतीले ३० हजार, उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो भएको लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बागमतीका दिपेश माझी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । चौथो स्थानमा चित्त बुझाएको कोशी प्रदेशलाई संघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरे । विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष राजीव श्रेष्ठ, ओलम्पिक कमिटीका सचिव भीमसिंह गुरुङ लगायतले पुरस्कार वितरण गरेका हुन् । कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसान महर्जनको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : ०९ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद