‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो « Khabarhub

‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख ११ बाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले ‘राम नाम सत्य’को भन्दा राम्रो व्यापार गरेको देखिएको छ । 

यो फिल्मले प्रदर्शनमको सुरुवाती १० दिनमा तीन करोड १२ लाख ग्रस कलेक्सन गरेको छ । 

चलचित्र विकास बोर्डका अनुसार लक्ष्मण सुनार निर्देशित यस फिल्म हेर्नका लागि एक लाख १० हजार भन्दामाथि टिकट खरिद-बिक्री भएको छ । 

यस फिल्ममा नायकहरू सौगात मल्ल प्रकाश सपुत र नायिका सुहाना थापा शीर्ष भूमिकामा रहेका छन् । 

त्यस्तै, चैत २७ बाट प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले भने वैशाख २० सम्म तीन करोड ३९ लाख छ । 

‘परालको आगो’भन्दा दुई साताअघि प्रदर्शनमा आएको ‘राम नाम सत्य’को ग्रस कलेक्सन उक्त फिल्मभन्दा २७ लाखले मात्रै बढी छ । 

एक्सन जनरामा बनेको माइकल चन्द निर्देशित यस फिल्ममा नायकहरू विराज भट्ट, सुशील श्रेष्ठ, नायिकाहरू सुपुष्पा भट्ट र दिव्या रायमाझी शीर्ष भूमिकामा छन् । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४६ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्