भरतमोहन अधिकारी– ग्रामीण अर्थतन्त्रलाई जीवन दिने नेता « Khabarhub

भरतमोहन अधिकारी– ग्रामीण अर्थतन्त्रलाई जीवन दिने नेता


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


– हृदयेश त्रिपाठी


भरतमोहन अधिकारी ग्रामीण अर्थतन्त्रलाई महत्व दिने पहिलो नेता हो । ग्रामीण अर्थतन्त्र आक्रान्त रहेका बेला उहाँले त्यसलाई पुनर्जीवन दिने काम गर्नुभयो ।

उहाँले ग्रामीण अर्थतन्त्रको संभावनालाई पहिचान गर्ने काम पनि गर्नुभयो ।

ग्रामीण जनजीवन आक्रान्त छ, ग्रामीण जनजीवनलाई परिवर्तन नगरेसम्म नेपालमा परिवर्तन हुँदैन भन्ने उहाँको मान्यता थियो । त्यो मान्यतालाई स्थापित गर्ने प्रयास पनि गर्नुभयो, आफू अर्थमन्त्री हुँदा । उहाँको त्यो योजनाले अहिले आकार लिइरहेको छ ।

पछिल्लो पटक मैले भेट्दाखेरि पनि उहाँ स्थानीय र प्रदेश सरकारलाई दिइने अधिकारबारे चिन्तित हुनुहुन्थ्यो । तपाईंहरुले आवाज अलिकति दरिलो गर्नुभएन भन्ने उहाँको गुनासो पनि थियो ।

उहाँ निरन्तर सोचमा रहने नेता हुनुहुन्थ्यो । खासगरी ग्रामीण क्षेत्रका जनताको हित, ग्रामीण जनजीवनको उत्थान र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उहाँ जहिल्यै सक्रिय रहिरनुहुन्थ्यो ।

उहाँमा छलकपट, कुनै पनि कुरामा जालझेल गर्ने बानी थिएन । आफ्ना कुरा स्पष्ट राख्नुहुन्थ्यो ।

उहाँका धेरै योजना अहिले कार्यान्वयनको चरणमा छन् । ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उहाँको जुन सपना थियो, अबको पुस्ता र अहिलेको सरकारले त्यसालाई पूरा गर्नुपर्छ ।

खबरहबकर्मी सविना कार्कीसँगको कुराकानीमा आधारित

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ११ : ३३ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक