नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार « Khabarhub

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको छ । यस क्रममा श्रीलङ्काको इफेक्टिभ सोलुशन्ससँग व्यावसायिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा प्रदान गर्ने सम्झौता भएको छ । इफेक्टिभ सोलुशन्सले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न चाहनेलाई सेवा दिँदै आएको छ।

यो कम्पनी श्रीलङ्काको सार्वजनिक संस्था ‘ट्रेस’मा सूचीकृत छ । ट्रेसले श्रीलङ्कामा नयाँ व्यवसाय, आविष्कार र उद्यम गर्न चाहनेहरूलाई सहयोग गर्दछ । टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकलाई सेवा दिने योजना अघि बढाइसकेको छ । कम्पनीले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको छ ।

टिङटिङका सिइओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरूप कम्पनीले काम गरिरहेको बताए। ‘हामी विश्वव्यापी रूपमा आफूलाई विस्तार गर्ने योजना बनाइरहेका छौं। यो त्यही अभियानको एउटा पाइला हो। सरकारले नेपालबाट आईटी तथा प्रविधि सेवा निर्यात गर्ने सोच बनाएको छ। नेपालको प्रतिनिधित्व गर्दै सेवा विस्तार गर्न पाउँदा हामीलाई गर्व लागेको छ। नेपालमा रोजगारी सिर्जना गर्न आईटी तथा प्रविधि क्षेत्रको विस्तार आवश्यक छ,’ शर्माले भने।

इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेरा ले एआईमा आधारित सेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताए। यस सहकार्यले श्रीलङ्काका उद्यमी तथा सेवा प्रदायकलाई ठूलो लाभ पुग्ने उनको भनाइ छ। हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, विद्युतीय हुलाक, वेब संवाद तथा कल सेन्टरमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्दै आएका छन्।

यसका कारण सन्देश छुट्ने, उत्तर दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो सन्दर्भ हराउने, कलको चाप बढ्ने तथा सेवा गुणस्तरबारे स्पष्ट जानकारी नहुने जस्ता समस्या देखिएका छन्। यी चुनौती समाधान गर्न टिङटिङले आफ्नो कृत्रिम बुद्धिमत्ता–सञ्चालित सञ्चार प्रणालीहरूको समुच्चय श्रीलङ्कामा ल्याएको हो।

‘टिङटिङ सुइट’ अन्तर्गत टिङटिङ कल ब्रोडकास्ट, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म, टिङटङ एजेन्ट, टिङटिङ ओम्नी र टिङटिङ कनेक्ट जस्ता सेवाहरू रहेका छन्। यी सेवाहरूले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु–माध्यमीय संवाद व्यवस्थापन तथा कल सेन्टर सञ्चालनलाई एउटै प्रणालीमार्फत सञ्चालन गर्न सहयोग पुर्‍याउँछन्।

यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, कृत्रिम बुद्धिमत्ताद्वारा तयार गरिएको सारांश, प्रत्यक्ष विवरण प्यानल तथा सम्पूर्ण संवादको स्पष्ट दृश्यता प्राप्त गर्न सकिन्छ। यसले व्यवस्थापन टोलीलाई ग्राहकका धारणा, सेवा टोलीको प्रतिक्रिया तथा सुधार गर्नुपर्ने क्षेत्रबारे स्पष्ट बुझ्न सहयोग पुर्‍याउँछ।

व्यावसायिक सञ्चारलाई सरल, सहज र एकीकृत बनाउने लक्ष्यका साथ टिङटिङले काम गरिरहेको छ। यसअघि कम्पनीले वेब समिट कतार २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो। श्रीलङ्कामा सेवा विस्तारले ‘नेपालमा बनेको, विश्वका लागि’ भन्ने नारालाई थप सार्थक बनाएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ५३ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न