महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछन् । आज महिला तथा सामाजिक मामिला समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ । बैठकमा समितिका कार्यविधिबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : ३२ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक