उपनिर्वाचन २०७६ : सबै मतदानस्थल संवेदनशील | Khabarhub Khabarhub

उपनिर्वाचन २०७६ : सबै मतदानस्थल संवेदनशील


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- आगामी मंसिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ ।

क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका–२ का लागि तोकिएको एक मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

२५ मतदानस्थलमध्ये ८ वटा मतदानस्थल अति संवेदनशील र १७ मतदानस्थल संवेदनशील रहेका जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए ।

मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाइएको उनले बताए । ‘हामीले योजना बनाएर माथि पठाएका छौँ, सोहीअनुसारको तयारी हुन्छ’, उनले भने, ‘अति संवेदनशील र संवेदनशील केन्द्रको तयारी पनि सोहीअनुसारको हुन्छ ।’

भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको क्षेत्रीले बताए ।

निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरिरहेको उनले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा सुरक्षा दिने क्षेत्रीले बताए । दलीय अस्वस्थ्य प्रतिस्पर्धाका कारणले सो निर्वाचन क्षेत्र थप चुनौतीपूर्ण मानिन्छ भने भौगोलिक हिसाबले पनि निकै विकट क्षेत्र हो । निर्वाचन हुने सबै गाउँमा यातायातका साधनको सरल पहुँच नभएका कारणले पनि सुरक्षामा चुनौती हुन सक्छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधनपछि क्षेत्र नं २ (ख) खाली छ भने बडिगाड–२ मा निर्वाचित अध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त वडा खाली भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ३८ बजे

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर