नयाँ प्रधानन्यायाीश छान्दा उपसभामुख ठाकुरले बालेनलाई साथ दिएपछि बिच्किए हर्क « Khabarhub

नयाँ प्रधानन्यायाीश छान्दा उपसभामुख ठाकुरले बालेनलाई साथ दिएपछि बिच्किए हर्क


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाहलाई साथ दिएकोमा आपत्ति जनाएका छन्।

वालेन्द्रले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको विषय र प्रधान न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका हुन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद्लाई छल्दै राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका हुन्। उनले गलत कार्यलाई कुनै हालतमा सही भन्न नसकिने उल्लेख गरेका छन्।

राईले वरीयताको चौथो क्रममा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती भएको आरोप लगाएका छन्।

उनले उक्त कदमप्रति आपत्ति व्यक्त गर्दै सरकारले विधि र प्रक्रियालाई मिचेर राजनीतिक तथा कानुनी स्वार्थअनुसार काम गरेको आशंका व्यक्त गरेका छन्।

उनले सहकारी ठगी प्रकरण र भदौ २३–२४ मा भएको ‘जेन जेड’ आन्दोलनलगायत विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने बताएका छन्।

राईले प्रधान न्यायाधीश नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब तथा प्रभाव सिर्जना गरिएको दाबी पनि गरेका छन्।

यसका साथै, आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख ठाकुरले समेत वरियताक्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण भएको उल्लेख गरेका छन्। श्रम संस्कृति पार्टीले विधि मिचेर राजनीति अघि बढाउने प्रवृत्तिको सधैँ विरोध गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : ४९ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो