कामु प्रधान्यायाधीश मल्ल र प्रधान्यायाधीशमा सिफारिस शर्माको इजलास खाली « Khabarhub

कामु प्रधान्यायाधीश मल्ल र प्रधान्यायाधीशमा सिफारिस शर्माको इजलास खाली


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतमा ३३ औँ प्रधानन्यायाधीश सिफारिस भएको भोलिपल्ट दुईजना वरिष्ठ न्यायाधीशको पेशी खाली राखिएको छ।

सर्वोच्चले शुक्रबार विभिन्न मुद्दाको दैनिक पेशी सूची कार्यालय समयभन्दा दुई घण्टा ढिला निकाल्दा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको इजलास खाली राखिएको हो ।

बिहीबार मात्रै संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले पहिलो वरीयताकी प्रधानलाई पाखा लगाएर चौथो वरीयताका शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गराइसकेका छन् ।

सर्वोच्च अदालतमा कार्यालय खुलेपछि बिहान ९ बजेदेखि १० बजेभित्र पेशी तोकिन्छ । तर शुक्रबार करिब ११ बजे आसपास मात्रै पेशी तोकिएको हो ।

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस भएसँँगै नेपाल बार एसोसियसनले पनि विरोध गरेको छ । कयौँ कानुन व्यवसायीले संवैधानिक परिषद्को निर्णयको विरोध गरेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार अदालत खुल्नेबित्तिकै परिषद्को निर्णय संविधानविपरीत भन्दै रिट लिएर गएका छन् । वरीयता मिचेर प्रन्या तोकिएपछि त्यसको असर निर्णयको भोलिपल्टै अदालतमा देखिएको छ।

दैनिक पेसी सूची हेर्न : सर्वोच्च अदालतको पेसी सूची

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १२ : २० बजे

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा