अनुमतिबिना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा « Khabarhub

अनुमतिबिना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मुगु– अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुगुका विभिन्न पाटनमा यार्सागुम्बा संकलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । 

‘अनुमतिबिना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ’, उनले भने। 

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा संकलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन । यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ । 

मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन् । 

यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रुपमा रहेको छ । यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ०४ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर