सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै « Khabarhub

सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ । 

जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवार मध्येको वास्तविक सुकुम्वासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए। 

उनका अनुसार वास्तविक पहिचान गरिएका सुकुम्वासीलाई तत्काल अन्य व्यवस्थापन सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहहरूले गर्ने निर्णय भएको छ । 

यस्तै, वास्तविक सुकुम्वासीलाई व्यवस्थापन गर्ने योजनासहित आवश्यक सुरक्षा प्रबन्धका लागि स्थानीय तहहरूले जिल्ला प्रशासन कार्यालयमा माग गर्नसक्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँगको समन्वयमा जग्गाको अतिक्रमण हटाउन आवश्यक सुरक्षाको प्रबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए। 

प्रजिअ तिवारीले जिल्लास्थित विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाइने बताए।

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा हटाउने कार्यका लागि सम्बन्धित निकायबाट गरिने कार्यका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट आमजनतालाई सुसूचित गराइने उनले बताए। 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ३६ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर