एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने « Khabarhub

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७ खर्च लाग्ने भएको छ । यही दरअनुसार सरकारले असार मसान्तसम्म १७ लाख स्मार्ट लाइसेन्स छाप्न करिब रु ३३ करोड १८ लाख खर्च गर्ने भएको हो ।

यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार सुरक्षण मुद्रण केन्द्रले स्मार्ट लाइसेन्स छपाइको दोस्रो चरण सुरु गरिसकेको जनाएको छ । यस चरणमा क्यूआर कोडसहितका आधुनिक लाइसेन्स कार्ड छापिने व्यवस्था गरिएको छ ।

हालसम्म दोस्रो चरणअन्तर्गत २२ हजारभन्दा बढी लाइसेन्स छापिसकिएको बताइएको छ । विभागले विशेषगरी दैनिक सेवा तथा अत्यावश्यक आवेदनलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

लामो समयदेखि लाइसेन्स कार्ड छपाइमा देखिएको ढिलाइ घटाउन सरकारले ठूलो संख्यामा स्मार्ट लाइसेन्स छपाइ प्रक्रिया तीव्र बनाएको अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ५ : ३६ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै