तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप « Khabarhub

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका -२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्ष भित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो । आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए ।

“तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ”, उनले भने, “अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ ।” सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायत सरोकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताए ।

उनका अनुसार यसअघि थपिएको म्याद गत चैत १७ मा सकिएपछि तेस्रोपटक म्याद थप भएको हो । ‘स्वच्छन्द-सपना-वल्र्डवाइड जेबी’ले निर्माण ठेक्का सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । त्यसयता पनि निर्माण कम्पनीकै ढिलासुस्तीका कारण सडक समयमा बन्न नसकेको हो ।

तीन दशमलव २८ किमीको उक्त सडकमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताए । महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उनको भनाइ छ । यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडक निर्माणलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो ।

विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो । रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको थियो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने जनाइएको छ ।

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सडकमा तीनवटा पुल पनि बन्नेछन् । महानगरको गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई लिइएको नगरप्रमुख धनराज आचार्यले बताए ।

चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने अपेक्षा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ५ : ३२ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै