काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस « Khabarhub

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको रुसी सांस्कृतिक केन्द्रमा शुक्रबार तस्विर प्रदर्शनी तथा विविध साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत बिहान “भिक्ट्री अटो र्‍याली” निकालिएको थियो ।

विजय र “अमर रेजिमेन्ट” का झण्डाहरू फहराउँदै सजाइएका सवारी साधनहरूको र्‍याली नेपाल उक्त केन्द्रबाट सुरु भई रुसी दूतावाससम्म पुगेको थियो । र्‍यालीका सहभागीले महान दोस्रो विश्वयुद्धमा भाग लिएका आफ्ना आफन्तका तस्बिरहरू समेत बोकेका थिए ।

सोभियत सङ्घका जनताले मातृभूमिको रक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको इतिहास तस्विरका माध्यमबाट प्रस्तुत गरिएको छ । प्रदर्शनीको उद्घाटन नेपालका लागि नवनियुक्त रुसी महासङ्घका राजदूत एलेक्सी सुरोवत्सेभले गरे ।

राजदूत सुरोवत्सेभले विजय दिवसलाई ‘आँसुका साथ मनाइने उत्सव’ भन्दै त्यसले विश्व शान्तिका लागि गरिएको बलिदानको सम्झना गराउने बताए । उनले सोभियत सङ्घका जनताको एकता र आत्मत्याग नै विजयको प्रमुख आधार भएको उल्लेख गर्दै नाजी विचारधाराको पुनरुत्थान अस्वीकार्य रहेको उल्लेख गरे ।

त्यस अवसरमा सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वविद्यार्थी, मित्रकुञ्जका सदस्य तथा विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो । हरेक वर्ष मे ९ मा रुसी महासङ्घमा विजयोत्सव मनाइन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : २६ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी