बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’ « Khabarhub

बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालमा बहिस्कारमा परेका र शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’को तेस्रो दिनमा हलमा लागिरहेका छन् । 

जसमा ‘लालीबजार’को व्यापार सन्तोषजनक देखिएको छ । ‘मातली मंगले’को व्यापार मध्यमभन्दा पनि कमजोर देखिएको छ । 

‘लालीबजार’को व्यापार शुक्रबार न्यून थियो । शनिबार उल्लेखनीय संख्यामा दर्शकहरू हलमा पुगेका थिए । आइतबार सार्वजनिक बिदा भए पनि शनिबारको तुलनामा बुकिङ कमजोर छ । तथापि, दिउँसो १२ बजेपछि नै १० वटा शोको बुकिङ हाउसफूल देखिएको छ । 

यो फिल्म हेर्न परिवार नै हलमा पुगेको पाइएको छ । अब यो फिल्मले व्यापार माउथ पब्लिसिटीमा निर्भर छ । जसका लागि पर्याप्त दर्शकले यस फिल्म हेरिसके । 

‘मालती मंगले’को भने आइतबार १२ बजेपछि मात्रै दुई शो हाउसफूल छन् । अन्य शोहरूमा पनि बुकिङ उत्कृष्ट देखिँदैन । तथापि, माउथ पब्लिसिटीले यो फिल्म हेर्न दर्शकको चाप बढ्ने सम्भावना जीवित नै छ । 

‘लालीबजार’को तुलनामा ‘मालती मंगले’को व्यापार र शो न्यून देखिन्छ । ‘नथिया कुप्रथा’को बारेमा बनेको फिल्म ‘लालीबजार’की शीर्ष कलाकार नायिका स्वस्तिमा खड्का हुन् ।

उनको साथमा नायक रवीन्द्रसिंह बनियाँको अभिनय छ । यम थापाको लेखन र निर्देशनमा यो फिल्म बनेको हो । 

गायक रामकृष्ण ढकालको लगानीमा बनेको फिल्म ‘मालती मंगले’को नायक विजय बराल र नायिका वर्षा सिवाकोटी हुन् । 

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ५५ बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको