राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस « Khabarhub

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना बिरामीले हेमोडायलासिस सेवा लिएका छन् । 

केन्द्रले सार्वजनिक गरेको वैशाख २७ गतेको दैनिक विवरणअनुसार नियमित, आकस्मिक र विशेष हेमोडायलासिस सेवा सञ्चालन गरिएको हो । विवरणअनुसार नियमित हेमोडायलासिसतर्फ बिहान र बेलुका ४२-४२ तथा लेट इभिनिङ र राति ३६-३६ जना गरी कुल १५६ जनाले सेवा लिएका हुन् । 

त्यस्तै आकस्मिक हेमोडायलासिस सेवा ५ जनालाई प्रदान गरिएको छ भने विशेष हेमोडायलासिसअन्तर्गत सेरोपोजिटिभ बिरामीका लागि १५ वटा सत्र सञ्चालन गरिएको केन्द्रले जनाएको छ । 

केन्द्रको इन्पेसियन्ट वार्डतर्फ कुल ६३ शय्यामध्ये ५२ शय्या भरिएका छन् भने ११ शय्या खाली रहेका छन् । सबैभन्दा बढी बिरामी नेफ्रोलोजी वार्डमा रहेका छन्, जहाँ १२ वटै शय्या भरिएका छन् । प्रि–ट्रान्सप्लान्ट वार्डमा ११ जना, ट्रान्सप्लान्ट आईसीयूमा ५ जना तथा पोस्ट ट्रान्सप्लान्ट वार्डमा ८ जना बिरामी भर्ना रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै रेडियोलोजीतर्फ एकैदिन १७ वटा एक्स–रे सेवा प्रदान गरिएको छ । प्रयोगशालातर्फ भने ३१२ वटा परीक्षण सम्पन्न भएका छन् । जसमा हेमाटोलोजीका ११३, बायोकेमिस्ट्रीका ११३, इम्युनोलोजीका ३३ र माइक्रोबायोलोजीका १९ वटा परीक्षण रहेका छन् ।

केन्द्रले उक्त अवधिमा कुनै पनि वार्डमा मृत्यु नभएको जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १२ : २८ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम