प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार « Khabarhub

प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठक बहिष्कार गरेको छ ।

समितिको यसअघिसहित बसेका दुईवटा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह लगातार दुई पटक अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बहिष्कार गरेको हो ।

गत वैशाख ९ गते सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्री पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहसँग सांसदहरूले प्रश्न सोध्ने तालिका थिए ।

सांसदहरूले गृह एवम् प्रधानमन्त्री बालेनसँग सुरक्षा-प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा जवाफ माग्ने तयारी कांग्रेसको थियो ।

कांग्रेसले समिति सभापतिलाई पनि यसबारे जानकारी गराएको थियो । तर, प्रधानमन्त्री बालेन बैठकमा नआएपछि कांग्रेसले बैठक बहिष्कार गरेर हिँडेको हो ।

संसदीय समितिको बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सचेतक निश्कल राईले प्रतिनिधित्व गर्छन् । त्यसैगरी सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव पनि बैठकमा सहभागी भएनन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ५४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो