कांग्रेसका जनप्रतिनिधिमाथि भ्रष्टाचारको प्रमाण आए पार्टीले नै कारबाही गर्छ : गगन थापा « Khabarhub

कांग्रेसका जनप्रतिनिधिमाथि भ्रष्टाचारको प्रमाण आए पार्टीले नै कारबाही गर्छ : गगन थापा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभापति गगन थापाले नेपाली काङ्ग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले सुशासनविपरीत काम गरेको प्रमाणसहित खबर आए अख्तियारले कारबाही गर्नुभन्दा पहिले पार्टीले नै कदम चाल्ने बताएका छन्।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सम्बोधन गर्दै थापाले पार्टीभित्र अनुशासन र सुशासनलाई प्राथमिकतामा राखिने स्पष्ट पारे।

उनले जनप्रतिनिधिहरू जनताको विश्वासको आधारमा निर्वाचित भएकाले जिम्मेवार र पारदर्शी ढंगले काम गर्नुपर्ने बताए। कुनै जनप्रतिनिधिले गलत काम गरेको पुष्टि भए पार्टीले संरक्षण नगर्ने उनको भनाइ थियो।

थापाले सुशासन, जवाफदेहिता र जनविश्वास कायम राख्न काङ्ग्रेसले आन्तरिक निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने पनि उल्लेख गरे।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ३२ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट