लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना « Khabarhub

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी-
 
पीडकलाई ‘मैले दिएको पीडाको कथा नभन् भन्ने छुट’ छैन । तर, पीडितले मेरो पीडा सार्वजनिक हुँदा जीवनमा प्रत्यक्ष असर पर्छ भन्यो भने ? यसको जवाफ मानवीय र सामाजिक चेतले दिनुपर्ने हुन्छ, कानुनको अक्षरले मात्रै नदिन सक्छ ।

यही प्रश्नले हो– ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुग्यो । चेतना, उत्पीडन, आर्थिक अभाव, शक्ति प्रभावलगायत जे कारणले भए पनि बादी समुदायका महिला देहव्यापार गर्न बाध्य भए । फिल्मको विषय यही हो । 

विशेषतः चेतना अभावले देहव्यापारमा लागेका बादी महिलाका कथा पर्दामा आउँदा उनीहरूको पुस्ताको चरित्रमा असर पुग्छ भने फिल्म प्रदर्शन हुनु उचित हो कि होइन ? सम्मानित अदातलको फैसलामा यसको जवाफ पक्कै भेटिन्छ ।

तथापि, ‘लालीबजार’ले देह व्यापारलाई प्रश्रय दिएको छैन । त्यहाँ देहव्यापारको पुस्तेनी निरन्तरता टुट्दा एक बालिकाको फरक जीवन विकास भएको देखाएको छ । 

अब कथाकै चर्चा गरौं – 

यो फिल्ममा नायिका स्वस्तिमा खड्काले निर्वाह गरेको चरित्र मधुबालाको लाइनबाट पर्दामा उतारिएको छ । उनी लालीबजार भन्ने स्थानमा देहव्यापारमा संलग्न बादी समुदायकी सबैभन्दा सुन्दर महिला हुन्छिन् ।

यो कुरा ‘राजासाहेब’को भूमिकामा रहेका रवीन्द्रसिंहले यौन प्यास मेटाउन उनकै साहारा लिएको दृश्यले स्थापित गर्छ । 

ग्राहकका रुपमा मधुबालाको कोठामा छिरेका हुकाली नायरण (विशाल देवकोटा) समेत उनको प्रेममा पग्लिन्छन् । जो ब्राम्हण परिवारका एक्ला छोरा हुन्छन् ।

नारायणले जातसमेत बाधक हुँदा पनि मधुबालालाई श्रीमती बनाएर ‘देह व्यापारको क्रूर संसार लालीबजार’बाट बाहिर निकाल्ने प्रयास गर्छन् । बाहिरी संसारभन्दा देहव्यापार नै मधुबालाको लागि सह्य रहन्छ । अनि लालीबजार नै फर्किन्छन् ।

मधुबाला र नारायणको भेटसँगै कथाले टर्न लिन्छ । मुधबालाको गर्भावस्थाले उनको देहव्यापारको बाध्यता देखाउँछ ।

छोरी महारानी (समाइरा थापा) लाई देह व्यापारबाट छुटाउने चेतना मधुबालामा ल्याउने नारायण नै हुन् । पुस्तेनी पेसबाट बाहिरने संघर्षमा मधुबालाले आफ्नै छोरीलाई बुवाको नाम दिन सक्दिनन् । यही दैरान कथाले अर्को टर्न लिन्छ ।

नथी लगाइसकेकी महारानीको कुमारित्व राजासाहेबले उपभोग गर्न पाउँछन् ? वा अक्षरको चेतना विजयी हुन्छ ? यीनै प्रश्नको जवाफले फिल्म सकिन्छ । जवाफ पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

अभिनय 

फिल्मको शीर्ष कलाकार नायिका स्वस्तिमा खड्को अभिनयको पक्षमा खोट लगाउनुपर्ने आवश्यकता छैन । उनले मधुबालालाई भरपूर न्याय गरेकी नै छन् । 

अझ सकारात्मक पक्ष उनी देहव्यापार रहँदा र त्यसबाट बाहिरिएपछिको पाटोलाई पात्र निर्माणमा सर्लक्क छुट्याएकी छन् ।

देहव्यापारमा रहँदाको यौन अदाहलाई उनले विकसित घटना अनुसार सर्लक्क छोपेकी छन् । तर, लवजमा उनले नियन्त्रण गुमाएकी छन् ।

समाइरा अर्थात् ‘महारानी’को अभिनय उस्तै अब्बल छ । उनले स्वस्तिमाबाट नजर हटाएर आफूमा दर्शकको आँखा पार्ने गरी अभिनय गरेकी छन् । उनको अबोध बलापन नै दर्शकलाई भावुक बनाउने अस्त्र हो ।

रवीन्द्रले अभिनयमा राजासाहेबकै एटिट्युट ल्याएका छन् ।

हुलाकी नायरण अर्थात् विशालको अभिनयमा प्रश्न गर्ने ठाउँ छ । दर्शकलाई उनी रोएको अस्वभाविक लाग्नसक्छ । कमसल संवाद (अस्वभाविक लाग्ने संवाद) ले यो अस्वभाविकतालाई झन् मलजल गरेको छ । उनीले खराबै अभिनय गरेका भन्ने पनि होइन । उनको काम मध्यम छ ।

आशा पौडेल (मधुवालाकी छिमेकी रेखा)को भिन्न लवजले डाइलग डेलिभरीमा समस्या देखिएको छ । त्यही समुदायकी मधुबालाभन्दा किन उनको लवज भिन्न ? भन्ने प्रश्न खडा गर्छ । 

पटकथा र निर्देशन

यो फिल्मको पटकथा र निर्देशन यम थापाको हो ।

सामाजिक समस्यालाई कमर्सियल तवरमा पर्दामा उतार्न सक्नु नै उनको लेखन र निर्देशनको अब्बल पक्ष हो ।

देहव्यापारमा रहँदा मधुबालाले ‘लालीबजार’बाहिरको दुनियाँलाई अन्धकार, अन्योल र क्रुर देखिन्छन् । देश व्यापार छोडेपछि उनी बाहिरी दुनियाँमा आशाको किरण देख्न थाल्छिन् । मधुबालाको यो मानसिकता देखाउन उनले उनले कलर ग्रेडिङमा खेलका छन् । यो सुन्दर छ ।

सिनेमेट्रोग्राफी र ब्याकग्राउन्ड स्कोरमा ध्यान पुगेको पाइन्छ । वास्तविक घटनामा बनेका यस्ता फिल्ममा टेलिसिरियल जस्तो बन्ने जोखिम हुन्छ । तर ‘लालीबजार’मा फिल्मी भाइब छ ।

यस फिल्मका सहायक कलाकारको अभिनय पक्षमा भने कम ध्यान पुगेको पाइन्छ । हाउभाउ पनि उनले नियन्त्रण गर्न सकेका छैनन् । जसले सहायक कलाकारको अभिनय पक्ष फितलो देखिन्छ । नारायणका आफन्तको भूमिका निर्वाह गर्ने सहायक कलाकारमा त्यो पक्ष भेटिन्छ ।

फिल्ममा कन्टिन्युन्टी एयर छ । मधुबाला देहव्यापार छोडेर अर्कै जीवनशैलीमा फर्किएकी हुन्छिन् । फेरि महारानीको नथी फिर्ता गर्ने क्रममा उनलाई ‘देहव्यापार गर्दाको समयकै श्रृङ्गार’मा देखाइएको छ ।

‘लालीबजार’ ०४५ देखि ०६३ सालको कथा हो । कथा विकास भएर मधुबालाको छोरी हुर्किसकेकी हुन्छे । तर, अन्य पात्रहरूको शारीरिक बनावटलगायत, उमेर अनुसारको परिवर्तन तथा पहिरनजस्ता सामान्य विषयमा पनि ध्यान दिइएको छैन ।

निर्देशकले शीर्ष पात्रलाई रुवाएर दर्शकलाई भावुक बनाउने सहज जुक्ति प्रयोग गरेका छन् । संवाद र परिस्थिति देखाउन नसक्नु उनको कमजोरी हो ।

दोस्रो हाफमा निर्देशकले ‘टाइम कमप्रेसन’का कन्सेप्टमा कथा अगाडि बढाएका छन् । यहाँ दर्शकले जर्क महसुस गर्ने जोखिम छ । 

मुधवालीकी छोरी महारानीको भूमिकामा समाइरा र प्रशंसा सुवेदी छन् । हुर्किएकी महारानीको भूमिका प्रशंसाको हो । मधुमाला र हुर्किएकी महारानीको संवाद अप्राकृतिक लाग्छ, बढी फिल्मी छ ।

यस फिल्मको क्लइमेक्समा शीर्ष कलाकारलाई अस्वभाविक शक्ति प्रदान गरिन्छ । यसलाई फिल्म मेकिङको सिद्धान्त ‘डिअस एक्स म्याकिना’ भनिन्छ । यो प्रायः दक्षिण भारतीय फिल्ममा प्रयोग हुन्छ ।

‘लालीबजार’को क्लाइमेक्समा निर्देशकले ‘डिअस एक्स म्याकिना’ सिद्धान्त प्रयोग गरेका छन् । यसलाई कमजोर पटकथा लेखनका रुपमा लिइन्छ । 

‘लालीबजार’को क्लाइमेक्समा यही सिद्धान्त प्रयोग भएको छ ।

अन्त्यमा…

नेपालको सन्दर्भमा ‘लालीबजार’ औषतभन्दा माथिको फिल्म हो । 

फिल्ममा प्रयोग भएका विम्बात्मक संवादले अश्लीलता जोगाएको छ । सोहीकारण सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न सक्छन् ।

शिक्षा र चेतनाको अभावले कुनै कालखण्डमा यस स‍मुदायका छोरीचेलीले कस्तो बज्रपात सहेका रहेछन् भन्ने ज्ञान हुन्छ । 

यौनसँग समाजको दोहोरो चरित्र बुझ्न पनि यस फिल्मले मद्दत गर्छ । अक्षरको फिलिङ्गोले ‘लालीबजार’मा चेतनाको डढेलो फैल्याएको विषयलाई प्रमुख रुपमा देखाइएको छ ।

समग्रमा फिल्म पैसा असुल छ । हलबाट निस्किएर हिड्दा दिमागमा अर्को फिल्म सुरु हुन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ५७ बजे

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

चितवन – आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच