९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी « Khabarhub

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको विश्रामपछि ठूलो पर्दामा फर्कने पक्का भएको छ ।

युरोपमा बस्दै आएकी गरिमा एक साताअघि मात्रै फिल्ममा अभिनय गर्नकै लागि स्वदेश आएकी हुन् ।

भुवन केसीको निर्देशनमा छायाङ्करत फिल्म ‘बाटुलो जुन’बाट उनले अभिनयमा कमब्याक गर्ने तय भएको हो ।

स्रोतका अनुसार उक्त फिल्ममा नायकसमेत रहेका भुवनको जोडीको भूमिकामा गरिमा अनुबन्ध भएकी हुन् ।

‘बाटुलो जुन’मा शीर्ष नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडा हुन् । यसको प्रदर्शन मिति आगामी दशैँलाई तोकिएको छ ।

गरिमाको अभिनय रहेको पछिल्लो फिल्म स्काउट सन् २०१७ मा प्रदर्शनमा आएको थियो । त्यता उनी युरोपमा बस्दै आएकी छिन् ।

उनले यो बीचमा दाम्पत्य जीवनमा रमाइरहेको तस्बिरहरू सार्वजनिक गर्दै आएकी थिइन् ।

उनलाई फिल्म ‘झोला’की नायिका भनेर पनि चिनिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : ३६ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको