कास्कीमा उपनिर्वाचनको चहलपहल– चुनाव प्रचारप्रसादेखि घरदैलोसम्म « Khabarhub

कास्कीमा उपनिर्वाचनको चहलपहल– चुनाव प्रचारप्रसादेखि घरदैलोसम्म


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने निर्वाचन मूल प्रचार समितिका सभापति एवम् जिल्ला पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । सबै वडाका चुनाव प्रचारप्रसार समितिका कार्यालय बिहान ८ बजे एकै समयमा उद्घाटन गरिने कार्यक्रम छ ।

उहाँका अनुसार आइतबारबाटै पोखरा महानगरपालिका–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत पहिलो दिन ४ नं वडाका साथै पोखरा महानगरपालिका–८ र ९ मा घरदैलो अभियान सञ्चालन हुनेछन् ।

त्यस्तै २५ गते पोखरा महानगरपालिका–७ मा, २६ र २७ गते वडा नं १७ मा घरदैलो कार्यक्रम सञ्चालन हुने भएको केसीले जानकारी दिनुभयो । अन्य कार्यक्रम थप छलफल गरी तय गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ४६ बजे

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको