राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्ने « Khabarhub

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्ने


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय जनमोर्चा, जिल्ला समिति कास्कीद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियाका वक्ताहरूले आवश्यकता र औचित्यका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिइएको हो ।  

उक्त विषयमा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक र जनस्तरमा छलफल गरेर मात्र संविधान संशोधनका विषयलाई अगाडि बढाउनुपर्ने बताए। 

‘संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रक्रिया हो’, उनले भने, ‘संविधान संशोधनको उठान र अवतरण सही ढङ्गबाट हुन जरुरी छ ।’

मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने उनले बताए। 

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गणतन्त्र, सङ्घीयताजस्ता राजनीतिक उपलब्धीलाई थप बलियो र सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । संविधान संशोधन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने उनको भनाइ छ । 

‘राष्ट्रिय एकता र सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ, राष्ट्र र जनताको बृहत्तर हितलाई केन्द्रमा राख्नुपर्छ’, सभापति शर्माले भने। 

नागरिक समाजका प्रतिनिधि विष्णु बरालले जडता र यथास्थितिवादी ढङ्गबाट मुलुक र जनताको आकङ्क्षा पूरा नहुने भन्दै समयसोपक्ष रूपमा संविधानलाई परिमार्जन गर्नुपर्ने धारणा राखे। 

संविधान कार्यान्वयनका क्रममा विगतमा राजनीतिक दलहरूबाट देखिएको अक्षमता र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सुधार्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा नेकपा (एमाले)का नेता राजीव पहारी, नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ बराल, नेपाल कम्युनिष्ट पार्टीका नेतृ सावित्री बुढालगायतले भनाइ राखेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ३० बजे

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको