भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण « Khabarhub

भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित श्री बासुकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ।

मेल्लेख गाउँपालिका–४ मा रहेको विद्यालय भवनको बुधबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब ३ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवन ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’अन्तर्गत मेल्लेख गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगले स्थानीय शिक्षा क्षेत्रको पूर्वाधार सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुगेको बताएका थिए।

नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित हुने, विद्यार्थीलाई अध्ययनका लागि सहजता हुने तथा शिक्षकलाई पठनपाठन सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

भारतीय राजदूतावासले नेपाल–भारतबीच बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन यस्ता सामुदायिक विकास परियोजनाले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ।

साथै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमार्फत भारतले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ५० बजे

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान