ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ? « Khabarhub

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच बिहीबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा हुने यो भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेइजिङ पुगेका हुन् । यसअघि सन् २०१७ नोभेम्बरमा उनी चीन भ्रमणमा गएका थिए । यो भेट तनावपूर्ण भू–राजनीतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै चिनियाँ सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको छ । यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबुत बनाउन व्यापारिक ढाँचा (बोर्ड अफ ट्रेड) को प्रस्ताव गर्ने अमेरिकाको तयारी छ । सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटमा भन्सार शुल्क ५७ बाट ४७ प्रतिशतमा झारिएको थियो, जसलाई ट्रम्पले ‘सफल वार्ता’ को संज्ञा दिएका थिए ।

भेटमा ताइवानको मुद्दाले प्राथमिकता पाउने देखिएको छ । चीनतर्फ प्रस्थान गर्नुअघि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै सीले ताइवानको मुद्दा जोडतोडले उठाउन सक्ने संकेत गरेका थिए । यस्तै, जारी इरान युद्ध र त्यसले ऊर्जा बजारमा पारेको प्रभावबारे पनि दुई नेताबीच छलफल हुनेछ । चीनले इरानमाथि भएको आक्रमणको निन्दा गर्दै आएको छ भने अमेरिका युद्धमा प्रत्यक्ष संलग्न छ ।

ट्रम्पको भ्रमण टोलीमा १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका सिइओहरू सहभागी छन् । जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिन्कसहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू रहेका छन् । अमेरिकाले चीनसँग दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकारजस्तै छ ।

चीनले ५०० वटा बोइङ विमान खरिद गर्न सक्ने र अमेरिकी कृषि उत्पादनको आयात बढाउन सक्ने अनुमान गरिएको छ । जवाफमा चीनले उच्च प्रविधि र एआई क्षेत्रमा अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो पार्न प्रस्ताव गर्नेछ । साथै, चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीलाई अमेरिकी बजारमा पहुँच दिने विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले समानता र आपसी सम्मानका आधारमा अमेरिकासँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन् । सन् २०२६ को पहिलो दुई महिनामा चीनको निर्यात २१.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले चीनले बाँकी विश्वमा आफ्नो बजार फैलाइरहेको स्पष्ट हुन्छ ।

चार महत्वपूर्ण मुद्दा

व्यापारिक कर विवाद

अमेरिका–चीन व्यापार युद्ध अझै ठूलो मुद्दा छ। ट्रम्पले पहिले नै चिनियाँ सामानमा भारी कर लगाउने चेतावनी दिइसकेका छन्। दुवै देशले व्यापारिक तनाव घटाउने विषयमा छलफल गर्न सक्छन्।

ताइवान र हतियार बिक्री

ताइवानलाई लिएर पनि दुवै देशबीच तनाव छ। ट्रम्पले सी चिनफिङसँग ११ अर्ब डलरको अमेरिकी हतियार प्याकेजबारे कुरा गर्ने बताएका छन्। चीनले ताइवानलाई आफ्नो भाग मान्दै आएको छ। ताइवानमा अमेरिकी हतियार बिक्रीको निरन्तर विरोध चीनले गर्दै आएको छ।

रेयर अर्थ र एआई

रेयर अर्थ मिनरल्स इलेक्ट्रिक गाडीलाई नभइ हुँदैन। चिप्स र रक्षा उद्योगका लागि यो अत्यन्त महत्वपूर्ण छन्। चीन यसमा विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। यसमा अमेरिकाले चीनसँग आफ्नो निर्भरता घटाउन चाहन्छ। एआई र सेमीकन्डक्टर प्रविधिमा पनि दुवै देशबीच प्रतिस्पर्धा बढेको छ।

सोयाबिन र कृषि व्यापार

चीन अमेरिकी किसानहरूका लागि ठूलो बजार हो। व्यापारिक युद्धपछि चीनले अमेरिकी सोयाबिन खरिद घटाएको थियो। अब ट्रम्प प्रशासनले कृषि निर्यात बढाउने प्रयास गर्न सक्छ।

इरानी तेल खरिदमा विवाद

इरानबाट तेल खरिदलाई लिएर अमेरिका र चीनबीच तनाव छ। ट्रम्प प्रशासनले यसअघिबाटै चीनले ठूलो परिमाणमा इरानी तेल खरिद गरेर तेहरानलाई आर्थिक सहारा दिइरहेको आरोप लगाइरहेको छ। जबकि चीनले यसलाई आफ्नो ऊर्जा आवश्यकतासँग जोडिएको विषय बताउँदै आएको छ। अमेरिका र पश्चिमी देशहरूको प्रतिबन्धका बावजुद चीन लामो समयदेखि इरानबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ६ : ४६ बजे

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध

नयाँ सभ्यताको मोडमा नेपाल-भारत सम्बन्ध

म कूटनीतिमा दख्खल राख्ने व्यक्ति होइन । यो लेख मैले

बीपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

काठमाडौँ– सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी