बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम « Khabarhub

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ सारांश प्रतिवेदनअनुसार यो वर्ष गरेको लेखापरीक्षणअनुसार मधेश प्रदेशमा पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ । साथै, सो प्रदेशले गत वर्षमा १ अर्ब ४२ करोड ३३ लाख ७६ हजार पेश्की पनि वितरण गरेको थियो, जुन अन्य सबैभन्दा धेरै हो ।

त्यस्तै, गत वर्ष कोशी प्रदेशमा ५८ करोड ६६ लाख ८३ हजार, बागमती प्रदेशमा ६९ करोड ३७ लाख ९४ हजार, गण्डकी प्रदेशमा ५९ करोड ५० लाख १९ हजार, लुम्बिनी प्रदेशमा ७२ करोड ६९ लाख ५ हजार, कर्णाली प्रदेशमा ७७ करोड ३५ लाख ६२ हजार र सुदूरपश्चिम प्रदेशमा ६० करोड ४८ लाख ८९ हजार रुपैयाँ बराबर बेरुजु देखिएको छ ।

हालसम्मको बेरुजुमध्ये मधेश प्रदेशमा नै सबैभन्दा धेरै १ अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ बेरुजु पुगेको महालेखाले जनाएको छ । अन्य प्रदेशको बेरुजु भने ८० करोड भन्दा तल रहेको छ ।



प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ४ : ५२ बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन