४० लाख मूल्य बराबरको अवैध समानसहित दुईजना पक्राउ « Khabarhub

४० लाख मूल्य बराबरको अवैध समानसहित दुईजना पक्राउ


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिरहा– सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाका अनुसार विशेष सुराकीका आधारमा गण मुख्यालयबाट खटिएको ३५ सदस्यीय टोलीले शनिबार राति करिब ९ बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडीलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा गाडीमा लुकाईछिपाई राखिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) तथा ओखर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र गाडीको अनुमानित बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप तीव्र बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १ : १९ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र