भारत र बंगालादेशमा ‘बुलबुल’ चक्रवातको प्रभाव, नेपालमा असर पर्ला ? « Khabarhub

भारत र बंगालादेशमा ‘बुलबुल’ चक्रवातको प्रभाव, नेपालमा असर पर्ला ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुद्रिक चक्रवात ‘बुलबुल’ का कारण भारत र बंगालादेशमा हजारौं नागरिक प्रभावित भएका छन् ।

भारतको ओडिशा लगायतका स्थानमा बुलबुलले धेरै क्षति पु¥याएको छ । दुई जनाको चक्रवातका कारण ज्यानसमेत गुमाएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चक्रवातका कारण रुखहरु लड्दा ओडिसाका कयौं क्षेत्रमा यातायात प्रभावित भएको छ । अहिले यो चक्रवात उत्तर पूर्व तर्फ बढिरहेको र बंगलादेश तर्फ अघि बढिरहेको भारतीय मौसम विभागले जनाएको छ ।

चक्रवातका कारण कोलकता विमानस्थल नै अवरुद्ध भएको थियो ।

चक्रवातले शनिबार राति भारत र बंगलादेशको केही क्षेत्रमा भारी वर्षासमेत भएको थियो ।

बङ्लादेशको मौसम विभागका अनुसार १२० देखि १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण समुद्रमा उच्च छाल आउने जोखिम हुन्छ ।

बुल(बुल” बंगालादेश नजिक रहेको र यो प्रणालि हाल उत्तरपुर्वी दिशातर्फ बढ्ने देखिएको नेपालको मौसम विभागले जनाएको छ । तर यसको असर नेपालमा भने नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात बंगलादेशको उत्तरपूर्वी भूभागबाट बाहिरिने भएकाले यसको असर नेपालमा पर्ने सम्भावना नभएको मौसमविभागको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : २५ बजे

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्