इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त « Khabarhub

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँगको सम्बन्ध हेर्ने विशेष प्रतिनिधि नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

“मोहम्मद बाघेर गालिबाफलाई हालै इरानको चीन मामिलाका लागि विशेष प्रतिनिधिको रूपमा नियुक्त गरिएको छ,” तस्निम समाचार एजेन्सीले इरानी विश्वस्त स्रोतलाई उद्धृत गर्दै लेखेका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियानको प्रस्ताव र सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीको प्रस्तावमा गालिबाफलाई उक्त पदमा नियुक्त गरिएको तस्निमले जनाएको छ ।

उनले इरान र चीनबीचको सम्बन्धका विभिन्न क्षेत्रमा समन्वय गर्ने बताइएको छ । गत मार्च १७ मा अमेरिका–इजरायली आक्रमणमा मारिएका दिवङ्गत सुरक्षा प्रमुख अली लारीजानीले पनि यस्तै भूमिकामा थिए । लारीजानीले चीनसँगको वार्तालाई अगाडि बढाउने जिम्मेवारी सम्हालेपछि इरान र चीनबीच सन् २०२१ मा २५ वर्षे सहयोग सम्झौता भएको थियो ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकासँग युद्ध सुरु भएपछि, गालिबाफ अप्रिलमा अमेरिकासँग एकल चरणको वार्तामा उच्च–जोखिम कूटनीतिको नेतृत्व गर्ने प्रमुख व्यक्तित्वको रूपमा देखा परेका छन् । अप्रिल ८ मा युद्धविराम हुनुअघि मध्यपूर्वमा फैलिएको युद्धमा पूर्व सर्वोच्च नेता अली खामेनीसहित धेरै वरिष्ठ इरानी अधिकारीहरू मारिएका थिए।

इरानले हालैका दिनहरूमा धेरै चिनियाँ जहाजहरूलाई रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ, जुन युद्ध सुरु भएदेखि अवरुद्ध गरिएको एक महत्त्वपूर्ण विश्वव्यापी इन्धन ढुवानी मार्ग हो । रिभोलुसनरी गार्ड्सका अनुसार चिनियाँ जहाजहरू इरानको हर्मुज घाँटी व्यवस्थापन नियममा भएको सम्झौतापछि त्यहाँबाट गन्तव्यतर्फ छुटेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ७ : ३९ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी