यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ? « Khabarhub

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ?


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली घोषणा गरिएको छ । यससँगै उनले कीर्तिमानी छैटौँपटक विश्वकप खेल्ने भएका छन् ।

रोनाल्डोले सन् २००६ यताका विश्वकपमा सहभागिता जनाएका छन् । रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् ।

फिफा विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ । समूह ‘के’मा पोर्चुगल कोलम्बिया, उज्वेकिस्तान र कंगो छन् ।

पोर्चुगलले जुन १७ मा कंगोसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । टोलीले जुन २३ मा उज्वेकिस्तान र जुन २७ मा कोलम्बियाको सामना गर्नेछ ।

पोचुगिज टोली :
गोलकिपर : डियोगो कोस्टा, जोसे सा, रुई सिल्वा, रिकार्डो भेल्हो

डिफेन्डर : डियागो डालोट, म्याथ्युस नुनेज, नेल्सन सेमेडो , जोआओ कान्सेलो, नुनो मेन्डिस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डियाज, थोमस अराउजो

मिडफिल्ड : रुबेन नेभेस, स्यामुएल कोस्टा, जोआओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा,

फारवार्ड : क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, गोन्सालो रामोस, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइकाओ, पेड्रो नेटो, राफेल लियो, गोन्सालो गुडेस

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ९ : ०४ बजे

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको