प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना « Khabarhub

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा छापा मारेको छ।

सो स्थानबाट ठूलो मात्रामा रेडलेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डेड रक्सीका लेबल लगाइएका मदिराहरू बरामद गरिएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको विर्खबहादुर तामाङको घरमा अवैधरूपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-२ बस्ने ३० वर्षीय मनोज खत्री, खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन्।

सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्रामसमेत बरामद गरिएको डीएसपी थापाले बताए। बरामद रक्सी ठूलो परिमाणमा भएका यकिन गर्न नसकिएको उनको भनाइ छ।

नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ९ : २७ बजे

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार

जन्तर-मन्तरमा कक्रोचको प्रदर्शन : विद्यार्थीविरुद्ध मुद्दा नचलाइने, २७ सयभन्दा बढीको जाहेरी यथावत

नयाँदिल्ली- भारत सरकारले नीट (नीट) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा प्रदर्शन

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको