१५ वर्षपछि पक्राउ परे चरेश तस्करी गर्ने वडाध्यक्ष ! « Khabarhub

१५ वर्षपछि पक्राउ परे चरेश तस्करी गर्ने वडाध्यक्ष !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष राम बहादुर तामाङ पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङ लागू औषध (चरेश) मुद्दामा फरार थिए ।

तामाङ २४ असोज २०५९ मा काठमाडौंको ठमेलबाट ७ किलो चरेशसहित पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध लागू औषध (चरेश) ओसारपोसार र कारोबारको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

२७ जेठ २०७१ मा काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध ३ वर्ष कैद र २५ हजार जरिवानाको सजाय सुनाएको थियो ।

मुद्दाको अनुसन्धानका लागि ३ महिना ७ दिन थुनामा रहेका तामाङ अदालतको फैसलापछि भने फरार रहेका थिए ।

अनुसन्धानका लागि थुनामा रहेको बाहेक अदालतले तोकेको मध्ये तामाङले २ वर्ष ८ महिना २३ दिन कैद भुक्तान गर्न बाँकी थियो ।

अदालतले तोकेको सजाय भुक्तान नगरी फरार अभियुक्तका रुपमा रहेका तामाङ २०७४ सालको (स्थानीय तह) निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा म्यागङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

फौजदारी कसुरमा दोषी ठहर भइ अदालतले तोकेको सजाय समेत भुक्तान नगरी फरार भएका तामाङ १५ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा तामाङलाई आइतबार पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका तामाङलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : ०१ बजे

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान– तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको

पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि