एजेन्सी– चीनको मोबाइल कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामराजडित मोबाइल फोन ल्याएको छ ।
कम्पनीले यो फिचरले अत्यधिक मात्रामा स्पष्ट तस्बिर कैद गर्न सक्ने क्षमता राख्ने दावी गरेको छ ।
यो हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसुङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो फिचर प्रयोगमा ल्याएको छैन ।
शाउमीले ल्याएको हाइरिजोल्युसन फिचरका कारण उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरु समावेश हुने एउटा परीक्षणले देखाएको छ ।
एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि भने चिनियाँ बजारमा मात्रै उपलब्ध छ । तर शाउमीले उक्त प्रविधि एमआइ नोट १० मा समावेश गरिएको छ ।
अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाउमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो ।
युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ ।
हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ ।
गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ ।
त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ । तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ ।
प्रतिक्रिया