‘साइँली’को ट्रेलर: गौरवलाई मेनुकाको पछिपछि लाग्न दयाहाङको साथ « Khabarhub

‘साइँली’को ट्रेलर: गौरवलाई मेनुकाको पछिपछि लाग्न दयाहाङको साथ


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

साथै फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट पनि सार्वजनिक गरियो ।

दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान तथा केनिपा सिंहको मुख्य भूमिका रहेको यो फिल्ममा गाउँको एउटा सामान्य कथालाई उठाइएको छ । फिल्ममा मेनुका प्रधान ‘साइँली’ बनेकी छिन् भने गौरव पहारी मेनुकाको पछिपछि लाग्छन् । दुई वर्षअघिको हिट गीत ‘साइँली’ को थेम लिएर बनाइएको फिल्ममा दयाहाङ राई गौरव पहारीको मिल्ने साथीका रुपमा देखिएका छन् ।

यस्तै फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की लगायतका कलाकारको समेत अभिनय छ भने लेखन निर्देशक गुरुङकै छ ।

विशाल गुरुङ, मोहन राना मगरको निर्माण रहेको यो फिल्ममा विजय वाग्ले, विकास पूजास र शुभेच्छा केसीको सह–निर्माण छ ।

फिल्मले चैत्र १५ लाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ३ : ३५ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा