सर्लाहीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन | Khabarhub Khabarhub

सर्लाहीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपालको भूमि अतिक्रमणको विरोध गर्दै सर्लाहीका स्थानीय युवाहरुले चीनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् ।

उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरु  प्रदर्शनमा उत्रिएका थिए ।

तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

चीनले सबैभन्दा बढी सिन्धुपाल्चोकको खराने खोला स्थित ७ हेक्टर जमिन मिचेको छ । त्यसैगरी हुम्लाको भाङदारे खोलामा ६ हेक्टर जमिन हडपेको छ ।

हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोसी र संखुवासभाको अरुण नदीमा ४-४ हेक्टर जमिन चिनले मिचेको प्रतिवेदनमा छ । यसबाहेक चीनले रसुवाको विभिन्न ४ स्थानमा ६ हेक्टर जमिन हडपेको छ ।

प्रतिवेदन अनुसार रसुवाको सन्जेन खोला क्षेत्रमा २ हेक्टर, भुर्जुग खोला क्षेत्रमा १ हेक्टर, लेम्दे खोला र जम्बु खोला गरी ३ हेक्टर जमिन मिचिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ३६ बजे

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा