काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल  « Khabarhub

काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल 


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । 

 नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं.२, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । 

 सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ । 

रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागु गरेको छ । 

 एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ । साथै, खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न र दैनिक रूपमा खोर निसंक्रमण गर्न समेत कृषकहरूलाई भनिएको छ । 

यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ । 

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने र मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ ।

 यदि कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १२ : ३८ बजे

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत

सुकुम्वासी बस्तीबाट विस्थापित लाल बहादुर लिम्बुको कथा 

काठमाडौं– काठमाडौंको शान्तिनगर सुकुम्वासी बस्ती अहिले पहिले जस्तो छैन। केही