कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी « Khabarhub

कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन् । 

 गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो । 
 
प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरू जस्ताको टहरामा बसेर पढ्न बाध्य छन् । कक्षाकोठाको अभावले विद्यार्थीलाई जस्तोको टहरोभित्र बसालेर पढाउनुपरेको प्रधानध्यापक रत्नराज चौलागाइँले बताए । 
 
दुर्गम बस्तीका सहरमा गएर पढ्न नसक्ने गरिब जेहेन्ददार विद्यार्थीको लागि शिक्षा प्रदान गर्ने उद्देश्यले यो आवासीय विद्यालय सञ्चालन भएको    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्टले जानकारी दिए । 

अभिभावक वर्ग, नागरिक अगुवा वडासदस्य  सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकार शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्था गरी विद्यालयमा भवन र सुरक्षित कक्षाकोठा निर्माण गरिदिन  माग गरे पनि सुनवाइ हुनसकेको छैन । 

उक्त आवासीय माविमा बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानीलगायत बस्तीबाट विद्यार्थीहरू पढ्न आउने गरेका छन् । 
 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १२ : ४१ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई