विप्लव समुहकी जिल्ला सेक्रेटरी थोकरमाथि बम विस्फोटको आरोपमा अनुसन्धान « Khabarhub

विप्लव समुहकी जिल्ला सेक्रेटरी थोकरमाथि बम विस्फोटको आरोपमा अनुसन्धान


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेत्रविक्रम चन्द ‘विप्लब’नेतृत्वको प्रतिबन्धित नेकपाकी काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ ।

प्रहरी हिरासतमा रहेकी थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो ।

‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने ।

बत्तीस वर्षीया थोकरलाई यही कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो । गत असोज अन्तिम साता मात्रै विप्लब माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि गिरफ्तार गरेको हो । प्रहरीले थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरेको छ ।

यसैबीच नमोबुद्ध नपा–८ दाप्चामा भएको श्रेष्ठ दम्पत्तिको हत्याको छानविन गर्न आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली खटाइएको छ । हत्याको एक हप्तापछि ब्युरोका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा पाँच जनाको टोली अनुसन्धानमा खटाइएको हो ।

गत सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मङ्गलबार बिहान ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमायाको शव क्षत्विक्षत अवस्थामा घरमै भेटिएको थियो ।

घटनापछि अनुसन्धानका क्रममा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । हाल तीन जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सापकोटाले बताए । उनले भने “अन्य तारेखमा छुटेका छन्, थप अनुसन्धानमा मद्दत गर्न सिआइबी टोली घटनास्थल पुगेको छ ।”

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : १५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका