कश्मीरमा सुरक्षा बल र लडाकुबीच भीडन्त, ८ जनाको मृत्यु « Khabarhub

कश्मीरमा सुरक्षा बल र लडाकुबीच भीडन्त, ८ जनाको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो ५४ घण्टायता भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल र संदिग्ध लडाकुबीच भएको भीडन्तमा कम्तीमा ८ जनाको ज्यान गएको छ ।

कश्मीरको हन्द्वारा क्षेत्रमा गत शुक्रबारयता भारतीय सुरक्षा बल तथा संदिग्ध लडाकुबीचको भीडन्तमा दुई लडाकु, तीन भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स सिआरपीएफका अर्धसैनिक, दुई प्रहरी तथा एक सर्वसाधारण गरी ८ जनाको मृत्यु भएको भारतीय अधिकारीले जनाएका छन् ।

कारवाहीका क्रममा मारिएका दुई संदिग्ध लडाकुको शव प्राप्त भएको र उनीहरुको सनाखत गर्ने प्रक्रिय शुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लडाकु लुकेर बसेको गोप्य सूचनाका आधारमा सुरक्षा कारवाही चलाएको अधिकारीले जनाएका छन् ।

लडाकु र सुरक्षाबलबीच भीडन्त भएको स्थानबाट ठूलो परिमाणमा हातहतियार तथा विष्फोटक पदार्थ फेला पारिएको जनाइएको छ । गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा भएको आतंकवादी आक्रमणपछि कश्मीरमा सुरक्षा बलले संदिग्ध लडाकुविरुद्धको कारवाहीलाई तीब्र पारेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : १५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण