कश्मीरमा सुरक्षा बल र लडाकुबीच भीडन्त, ८ जनाको मृत्यु « Khabarhub

कश्मीरमा सुरक्षा बल र लडाकुबीच भीडन्त, ८ जनाको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो ५४ घण्टायता भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल र संदिग्ध लडाकुबीच भएको भीडन्तमा कम्तीमा ८ जनाको ज्यान गएको छ ।

कश्मीरको हन्द्वारा क्षेत्रमा गत शुक्रबारयता भारतीय सुरक्षा बल तथा संदिग्ध लडाकुबीचको भीडन्तमा दुई लडाकु, तीन भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स सिआरपीएफका अर्धसैनिक, दुई प्रहरी तथा एक सर्वसाधारण गरी ८ जनाको मृत्यु भएको भारतीय अधिकारीले जनाएका छन् ।

कारवाहीका क्रममा मारिएका दुई संदिग्ध लडाकुको शव प्राप्त भएको र उनीहरुको सनाखत गर्ने प्रक्रिय शुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लडाकु लुकेर बसेको गोप्य सूचनाका आधारमा सुरक्षा कारवाही चलाएको अधिकारीले जनाएका छन् ।

लडाकु र सुरक्षाबलबीच भीडन्त भएको स्थानबाट ठूलो परिमाणमा हातहतियार तथा विष्फोटक पदार्थ फेला पारिएको जनाइएको छ । गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा भएको आतंकवादी आक्रमणपछि कश्मीरमा सुरक्षा बलले संदिग्ध लडाकुविरुद्धको कारवाहीलाई तीब्र पारेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : १५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले