मोदी मन्त्रिमण्डलबाट शिव सेनाका मन्त्री सावन्तले दिए राजीनामा « Khabarhub

मोदी मन्त्रिमण्डलबाट शिव सेनाका मन्त्री सावन्तले दिए राजीनामा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत सरकारका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदीको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् ।

उनी शिव सेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योग मन्त्री थिए । मन्त्री सावन्तले ट्वीट गरेर राजीनामाको घोषणा गरेका हुन् ।

अरविन्द सावन्तले ट्वीटमा भनेका छन्,‘शिव सेना सत्यको साथमा छ । यो अवस्थामा दिल्लीमा सरकारमा बसिरहनुको अर्थ के हो ? यसकारण कन्द्रीय मन्त्री पदबाट राजीनामा दिँदैछु ।’

अरबिन्द सावन्तको राजीनामा पछि शिव सेना नेता सञ्जय राउनले भने,‘भारतीय जनता पार्टीले आइतवार राज्यपालसँग भने कि शिव सेना उनका साथ जानका लागि तयार छैन त्यसकारण विपक्षमा बस्नेछ । यो बिजेपीको अंकार हो । उ सरकार बनाउनका लागि तयार छैन किनकी मुख्यमन्त्री पद साढे दुई वर्ष दिनका लागि तयार छैन । बीजेपीले महाराष्ट्रको जनताको अपमान गरेको छ । ’

बीजेपीले शिव सेनासँग मिलेर सरकार बनाउन तयार नरहे आफूहरु एनडीएमा कसरी रहनु भन्दै उनले प्रश्न गरेका छन् ।

अरविन्द सावन्तलाई उद्धव ठाकरेले मन्त्रिमण्डलबाट राजीनामा दिन लगाएको बीबीसीले उल्लेख गरेको छ ।

यस राजीनामाका साथ यो अपेक्षा गरिएको छ कि शिवसेना महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउन गइरहेको छ। कांग्रेसले शिवसेना एनडीए गठबन्धनबाट बाहिरिए पछिमात्रै कांग्रेसले सहयोग गर्ने बताएपछि उनले राजीनामा दिएको बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : २५ बजे

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि