अभिनन्दनलाई ‘अहिंसा’ पुरस्कार दिइने « Khabarhub

अभिनन्दनलाई ‘अहिंसा’ पुरस्कार दिइने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा पक्राउ परी भारत फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई ‘भगवान महावीर अहिंसा पुरस्कार’ दिइने भएको छ । भारतको अखिल भरतीय दिगम्बर जैन महासमितिले विङ्ग कमाण्डर अभिनन्दनलाई सो पुरस्कार दिन लागिएको जनाएको छ ।

अखिल भारतीय दिगम्बर जैन महासमितिले कसैलाई ‘भगवान महावीर अहिंसा पुरस्कार’ प्रदान गर्न लागेको यो पहिलोपटक हो । पुरस्कारको राशी २ लाख ५१ हजार र प्रमाणपत्र रहेको र उनलाई महावर जयन्तीको अवसरमा आगामी अप्रिल १७ मा पुरस्कार दिइने बताइएको छ ।

भारतीय वायुसेनाको मिग २१ लडाकु विमानका चालक अभिनन्दनलाई यो साता पाकिस्तानी सेनाले पक्राउ गरी हिरासतमा राखेको थियो । तर पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई भारत फिर्ता गर्ने घोषणा गरेका थिए । इमरान खानको घोषणा अनुसार गत शुक्रबार भारत फर्केका उनको भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : २५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको