‘डन ३’ विवादमा सलमान खानको इन्ट्री, रणवीर–फरहानलाई मिलाउने प्रयास « Khabarhub

‘डन ३’ विवादमा सलमान खानको इन्ट्री, रणवीर–फरहानलाई मिलाउने प्रयास


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड चलचित्र ‘डन ३’ लाई लिएर अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीच देखिएको मतभेद यतिबेला चर्चामा छ । चलचित्रको भविष्य नै अन्योलमा पर्ने गरी बहस बढिरहेका बेला सुपरस्टार सलमान खान विवाद समाधानका लागि सक्रिय बनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले व्यक्तिगत रूपमा रणवीर सिंह र फरहान अख्तर दुवैसँग फोनमा संवाद गर्दै विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गरेका छन् । 

उद्योगभित्रको मतभेदले अनावश्यक रूपमा ठूलो रूप नलियोस् भन्ने उद्देश्यले उनले ‘मिडिया सर्कस’ भन्दा पनि आपसी समझदारीलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

स्रोतका अनुसार सलमान रणवीर सिंहसँग नजिकको सम्बन्धमा छन् भने अख्तर परिवारसँग पनि उनको लामो समयदेखिको सम्बन्ध रहेको छ । यही कारण उनले दुवै पक्षको कुरा ध्यानपूर्वक सुनेका छन् । 

फरहानसँगको कुराकानीमा सलमानले फिल्म क्षेत्रमा ‘क्रिएटिभ डिफरेन्स’ सामान्य विषय भएको उल्लेख गरेका थिए । उता रणवीरसँग उनले लामो छलफल गर्दै अभिनेता पक्षको असन्तुष्टि र सोच बुझ्ने प्रयास गरेका थिए ।

सलमानले दुवैलाई ‘हामी एउटै उद्योगका मान्छे हौं’ भन्ने भावना राखेर अघि बढ्न सुझाव दिएको बताइएको छ । साथै अहिलेको तनाव समाधान भएपछि भविष्यमा फेरि नयाँ प्रोजेक्टमा सहकार्य गर्न पनि उनले आग्रह गरेका छन् ।

रिपोर्टअनुसार सलमानको पहलपछि रणवीर र फरहान दुवै शान्त ढंगले समाधान खोज्ने पक्षमा देखिएका छन् । उनीहरू कानुनी विवाद, फिल्म संस्थाको हस्तक्षेप वा सार्वजनिक आरोप–प्रत्यारोपको अवस्था आउन नदिन चाहन्छन् ।

यस्तै, सलमान खानले फरहानलाई सम्भावित आर्थिक क्षतिबारे साथ दिइरहेका छन् भने रणवीरलाई ‘धुरन्धर’ को सफलतालाई निरन्तरता दिँदै नयाँ प्रोजेक्टमा केन्द्रित हुन प्रेरित गरिरहेका छन् ।

बलिउडमा कलाकारबीचका विवादले विगतमा धेरैपटक ठूलो रूप लिएको इतिहास छ । तर यसपटक भने सलमान खानको ‘शान्तिदूत’ भूमिकाले ‘डन ३’ विवादलाई नयाँ मोड दिएको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १२ : २२ बजे

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको

पार्टीविरोधी गतिविधि गरेको आरोपमा उदयबहादुर राना ‘दीपक’ सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको