बजेटबारे विपक्षी सांसदले भने- वास्तविक देखिएन, जनतालाई निराश बनायो « Khabarhub

बजेटबारे विपक्षी सांसदले भने- वास्तविक देखिएन, जनतालाई निराश बनायो


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलका सांसदहरूले सरकारले ल्याएको बजेट वास्तविक नदेखिएको टिप्पणी गरेका छन् ।  

शुक्रबार बजेट आएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरूले अहिलेको बजेटका आधार निकै बढी रहेकाले वास्तविक नदेखिएको जनाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले योजना आयोगको सिलिङ भन्दा बढी आएको बजेट वास्तविक नदेखिएको बताए ।

उनले अर्थतन्त्रले धान्ने नसक्ने गरी वितरणमुखी बजेट देखिएको उल्लेख गरे । स्थानीय तहको चुनावलाई लक्षित गर्दै जनमत बनाउने मनोविज्ञानका साथ बजेट ल्याएको जस्तो देखिएको उनको भनाइ छ ।

त्यस्तै एमाले सांसद गुरु बरालले आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रमहरू समेट्न नसकेको बताए । उनले मध्यम वर्गलाई विस्तार गर्नेगरी ढोका खोल्न नसकेको जिकिर गरे ।

त्यस्तै कांग्रेस सांसद निश्कल राईले जनतालाई निरुत्साहित गर्ने गरी बजेट आएको टिप्पणी गरे ।

त्यस्तै राप्रपा र श्रम संस्कृतिका सांसदहरूले पनि सरकारको बजेट आशामूखी नभएको आरोप लगाएका छन् । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : ४५ बजे

बाबुरामको प्रतिक्रिया : बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी

बजेटबारे संसद्का एकमात्रै पूर्वअर्थमन्त्री पुनले भने : मध्यम वर्ग प्राथमिकता, तल्लो वर्गलाई उपेक्षा

काठमाडाैं – पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता

सिद्धार्थ राजमार्ग : बुटवल–पोखरा खण्डलाई द्रुतमार्ग बनाइने

गण्डकी – सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्ग का रुपमा

काठमाडौं–तराई–मधेस द्रूतमार्ग : १७ खर्ब ६४ करोड विनियोजन

काठमाडौं – सरकारले काठमाडौँ–तराई–मधेस द्रूतमार्गका लागि रु १७ अर्ब ६४

मनाङको नासोँ गाउँपालिकामा भारतीय सहयोगको अस्पताल भवन

काठमाडौं– भारतको आर्थिक सहयोगमा नासोँ गाउँपालिकामा अस्पताल भवन निर्माण हुने