बजेटबारे संसद्का एकमात्रै पूर्वअर्थमन्त्री पुनले भने : मध्यम वर्ग प्राथमिकता, तल्लो वर्गलाई उपेक्षा « Khabarhub

बजेटबारे संसद्का एकमात्रै पूर्वअर्थमन्त्री पुनले भने : मध्यम वर्ग प्राथमिकता, तल्लो वर्गलाई उपेक्षा


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेद्वारा आगामी संघीय संसदमा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

पुन वर्तमान संसदमा एक मात्र पूर्वअर्थमन्त्री हुन् । बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुमबासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम समावेश नगरिएको टिप्पणी गरे ।

बजेटमा राज्यका तर्फबाट रोजगारी सृजना गर्ने विषयलाई उपेक्षा गरिएको उनको भनाइ थियो । ‘समग्रमा मध्यम वर्ग केन्द्रित बजेट आएको छ । तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्’, पुनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमबासीहरुका लागि कुनै सम्बोधन गरिएन । रोजगारी सृजना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन् । रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर पन्छिन खोजेजस्तो देखिन्छ ।’

पुनले नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे । ‘नाफामा चलिरहेका कम्पनीको शेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठीक छैन’, पुनले भने ।

सरकार नेतृत्वकर्ता रास्वपाले पुराना दलमाथि मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको भन्दै बजेटको श्रोतका रुपमा आन्तरिक र वैदेशिक ऋण लिने विषय उल्लेख रहेको बताए । अर्थमन्त्री ४ खर्ब आन्तरिक र २ खर्बभन्दा बढी वैदेशिक ऋणबाट श्रोत जुटाउने योजनामा रहेको उनको भनाइ थियो ।

‘रास्वपाका साथीहरु स्थापित पार्टीहरुले ऋण बढी लिएर देश डुबाए, जनताको टाउकोमा ऋणको भारी थपे भन्नुहुन्थ्यो’, पुनले भने, ‘अर्थमन्त्रीले खर्ब ११ अर्ब आन्तरिक र २ खर्बभन्दा बढी बाह्य ऋण लिने कुरा गर्नुभएको छ ।’

पुनले आफूले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा समावेश गरेका गण्डकी त्रिभुजलाई चतुर्भुज, कर्णालीलाई जडिबुटीको हब बनाउने भनेकामा कर्णाली चतुर्भुज तथा सुदूरपश्चिमलाई धार्मिक पर्यटन हब बनाउने योजनालाई धार्मिक चतुर्भुज नामाकरण गरी बजेटमा ल्याएकामा धन्यवाद दिए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ८ : ३८ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति