मोदीले भने– छानी छानी बदला लिन्छौं « Khabarhub

मोदीले भने– छानी छानी बदला लिन्छौं


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतले आफ्ना सैनिकको मृत्युलाई लिएर छानी छानी बदला लिने घोषणा गरेका छन् । आफ्नो चुनावी ¥यालीका क्रममा बिहारको राजधानी पटनामा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्ना वीर सैनिकको मृत्युको बदला लिइने घोषणा गरेका हुन् ।

नयाँ नीति र नयाँ रीतिमा भारत अघि बढिरहेको भन्दै प्रधानमन्त्री मोदीले आफू आतंकवादविरुद्ध निरन्तर लागिरहने समेत जनाए ।

पटनाको गान्धी मैदानमा सम्बोधनका क्रममा उनले विपक्षी पार्टीहरुले भने पाकिस्तानको बालाकोटमा भारतीय सेनाले गरेको कारवाहीको प्रमाण मागेर भारतीय सेनाको क्षमतामा प्रश्न उठाइरहेको समेत आरोप समेत लगाए ।

मोदीले अहिले पूरै भारत एकजुट भएर आतंकवादको विरुद्धमा लाग्नुपर्ने बेला विपक्षी पार्टीहरु भने केन्द्र सरकारले आतंकवादविरुद्ध चालेका कदमको विरोध गरिरहेको आरोप पनि लगाए ।

‘उनीहरुलाई भारतीय सेनाको पराक्रममाथि नै शंका छ,’ मोदीले भने ‘तर, सबैलाई थाहा भएकै कुरा हो, भारतको सक्षम सेना आतंकवादलाई कुल्चन जुटिरहेका छन् ।’

उनले विपक्षी पार्टीहरुमाथि आफूलाई च्युत गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । मोदीले भने ‘विपक्षी मोदीलाई पिछा छुटाउन चाहिरहेका छन्, तर म भने आतंकवादलाई कसरी परास्त गर्ने भन्ने चिन्तनमा छु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ०१ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण