मोदीले भने– छानी छानी बदला लिन्छौं | Khabarhub Khabarhub

मोदीले भने– छानी छानी बदला लिन्छौं


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतले आफ्ना सैनिकको मृत्युलाई लिएर छानी छानी बदला लिने घोषणा गरेका छन् । आफ्नो चुनावी ¥यालीका क्रममा बिहारको राजधानी पटनामा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्ना वीर सैनिकको मृत्युको बदला लिइने घोषणा गरेका हुन् ।

नयाँ नीति र नयाँ रीतिमा भारत अघि बढिरहेको भन्दै प्रधानमन्त्री मोदीले आफू आतंकवादविरुद्ध निरन्तर लागिरहने समेत जनाए ।

पटनाको गान्धी मैदानमा सम्बोधनका क्रममा उनले विपक्षी पार्टीहरुले भने पाकिस्तानको बालाकोटमा भारतीय सेनाले गरेको कारवाहीको प्रमाण मागेर भारतीय सेनाको क्षमतामा प्रश्न उठाइरहेको समेत आरोप समेत लगाए ।

मोदीले अहिले पूरै भारत एकजुट भएर आतंकवादको विरुद्धमा लाग्नुपर्ने बेला विपक्षी पार्टीहरु भने केन्द्र सरकारले आतंकवादविरुद्ध चालेका कदमको विरोध गरिरहेको आरोप पनि लगाए ।

‘उनीहरुलाई भारतीय सेनाको पराक्रममाथि नै शंका छ,’ मोदीले भने ‘तर, सबैलाई थाहा भएकै कुरा हो, भारतको सक्षम सेना आतंकवादलाई कुल्चन जुटिरहेका छन् ।’

उनले विपक्षी पार्टीहरुमाथि आफूलाई च्युत गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । मोदीले भने ‘विपक्षी मोदीलाई पिछा छुटाउन चाहिरहेका छन्, तर म भने आतंकवादलाई कसरी परास्त गर्ने भन्ने चिन्तनमा छु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र